कोरियामा एकैदिन थपिए एक लाख ५० हजार कोरोना सङ्क्रमित
मङ्गलबार, ०७ भदौ २०७९, १२ : ४४
दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो ।
सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण