शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साओमीको साओमी १२ लाइट नेपाली बजारमा

बुधबार, ०८ भदौ २०७९, १८ : २८
बुधबार, ०८ भदौ २०७९

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।’

उनले थपे, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ मेगापिक्सेलको मेन क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्ने कम्पनीले जनाएको छ । 

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी –५०९९९ र ८+१२८ जिबी–५३९९९ रुपैयाँ तोकिएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप