अपडेट
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
सोमबार, ११ साउन २०८३, ०० : ३१
सारांश
- मकवानपुरको जुरेली बजारमा अविरल वर्षाले लालबकैया नदीमा बाढीको जोखिम बढेको छ।
- नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले सूचना जारी गरेको छ।
- लम्जुङमा भारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।
यस्तै लम्जुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण