महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने
बिहीबार, १६ भदौ २०७९, ०६ : १३
प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।
समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये पाँच प्रश्न सोधिएको थियो । बाँकी प्रश्नको उनले क्रमश सामना गर्दै जानेछन् ।
हिजोको बयानमा जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गरेका थिए । विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण