दाङ–१ बाट कांग्रेस नेता योगेन्द्र चौधरीसहित ४ जनाको नाम सिफारिस
बिहीबार, १६ भदौ २०७९, १५ : ४२
आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिस भएका छन् । बिहीबार बसेको कांग्रेस दाङ १ को प्रदेश कार्यसमिति बैठकले चौधरीसहित ४ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
नेता चौधरीसहित, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्कालाई सिफारिस गरेको छ । शुक्रबारबारे बस्ने क्षेत्रीय कार्यसमितिले आफ्नो नाम रायसहित सिफारिस गर्ने नेता चौधरीले बताए । ०७४ मा तत्कालीन एमालेबाट शहरी विकासमन्त्री मेटमणि चौधरी दाङ–१ बाट विजयी भएका थिए ।
नेकपा एकीकृत समाजवादी नेता मेटमणि चौधरीले गठबन्धनको साझा उम्मेदवार आफू भएको दाबी गरेपनि कांग्रेसबाट योगेन्द्रको सशक्त दाबी छ । जनाधार कमजोर भएको एकीकृत समाजवादीलाई छोडिए कार्यकर्ता तहबाट विद्रोह हुने योगेन्द्रले चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण