रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीको दाबी
नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि गठबन्धनमा दाबी गरेको छ । सो पार्टीको रुपन्देही जिल्ला कमिटीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गर्ने निर्णय गरेको हो ।
केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ ।
यसअघि सो पार्टीले रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिस गरिसकेको छ । रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य गुरुङले आफूहरुले स्वाभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलवासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनावमा परिवर्तनकारी शक्ति र संविधान मास्नेबीच प्रतिस्पर्धा हुने बताए । बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय गरेको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण