बुटवल-पाल्पा सडक खण्डमा सवारी आवागमन बन्द
बिहीबार, १६ भदौ २०७९, २१ : ०३
बुटवल-पाल्पा सडक खण्डमा मोटरबाटो भासिँदा सवारी आवागमन बन्द भएको । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो ।
दुई दिनसम्म परेको अविरल वर्षाको कारण करिब ४० मिटर सडक भासिएको हो । बिहीबार दिउँसो ३ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । भासिएको सडक क्षेत्रमा अहिले केही सानो बाटो बनाई हलुका सवारीसाधन जिप, कार, मोटरसाइकललाई आवतजावत गराइएको भए पनि ठूला सवारी रोकिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिए ।
पानी नपरेमा शुक्रबार दिउँसोसम्म अवरुद्ध सडक सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जनकारी बताए । सडक पूर्णरूपमा सञ्चालन नहुँदासम्म तानसेन बुटवल सडकमा यात्रा नगर्न सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण