विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियानमा मन्त्री गहतराज
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट निर्वाचित भएलगत्तै विद्यालयमा टिनको छाना विस्थापित गर्ने उद्घोष गरेका थिए । जिल्लाकै दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद् बनेका गहतराजले आफ्नो उद्घोषलाई अभियानकै रुपमा अगाडी बढाए । फलस्वरुप पछिल्लो पाँच वर्षमा बाँके १ नं. क्षेत्रका २३ वटा विद्यालयमा एक सयको हाराहारीमा पक्की कोठाहरु निर्माण भएका छन् ।
पछिल्लो समय खेलकुद मन्त्रालयको नेतृत्व गरिरहेका उनले मन्त्रालयसँगै आफ्नो पुर्वघोषित अभियानलाई समेत सँगसँगै अगाडि बढाइरहेका छन । टिन र फुसको छानाले बनेका विद्यालय भवनलाई आधुनिक र सुविधासम्पन्न गराउने अभियान अन्तर्गत मन्त्री गहतराजले आफ्नो निर्वाचन क्षेत्रका झण्डै पाँच हजार बालबालिकालाई पक्की भवनमा ल्याउन सफल भएका छन् ।
अभियान अन्तर्गत मन्त्री गहतराजले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित पक्की भवनको उद्घाटन गरेका छन् । टिनका छाना विस्थापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत मन्त्री गहतराजले राप्तीसोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरेका हुन ।
राप्तीसोनारी ६ हब्रहवाको जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन, राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु–कमैया आधारभुत बिद्यालयको २ कोठे भवन र राप्तीसोनारी ३ भवानियापुरमा रहेको सरस्वती माविको ८ कोठे पक्की भवनको उद्घाटन गर्दै उनले क्षेत्र नं. १ का सबै विद्यालयलाई टिनको छानमुक्त बनाउने अभियानमा आफू लागेको बताए ।
नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री गहतराजले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई एक सयवटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । उनले ५ हजार भन्दा बढि विद्यार्थीहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण