सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध हुँदा थुप्रै जिल्ला प्रभावित
शुक्रबार, १७ भदौ २०७९, ११ : ३८
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५ हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ । बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण