रोल्पामा सवारी दुर्घटना, एक बालकको मृत्यु
शुक्रबार, १७ भदौ २०७९, ११ : ५४
रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्बरको अटो बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण