शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिभो भी २५ सिरिज स्मार्टफोनको नेपालमा प्रि–बुकिङ सुरु

आइतबार, १९ भदौ २०७९, ११ : ४८
आइतबार, १९ भदौ २०७९

विश्वव्यापीअग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरू भी २५ फाइभ जी र भी २५ ई को प्रि–बुकिङ खुल्ला गरेको छ । 

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी २५ फाइभ जीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउन सक्नेछन् । 

भी २५ र भी २५ ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजीग्लासप्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ । 

भी २५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र प्रयोगकर्ताहरूलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी २५ ई दुवैमा ६४ एमपीओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ ।

भी २५ सिरिजको दुवै स्मार्टफोनमा शक्तिशाली प्रोसेसरहरू छन् । भी २५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ ई मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुदअनुभवका लागि भी २५ सिरिजमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छजसमा ८ जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ । 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भी २५ सिरिजले आफ्ना प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्ने भएकोले यसलाई धेरैले मन पराउने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप