आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड

आइतबार, १० साउन २०८३, २० : १२
आइतबार, १० साउन २०८३

सारांश

  • पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा वाइल्ड कार्ड पाउँदै सहभागिता जनाउने भएकी छन् ।
  • रेनु हाल विश्व वरीयतामा २६औं तथा एसियाली वरीयतामा १३औं स्थानमा छिन् ।
  • उनका साथै पलेशा गोवर्धन पनि वरीयताका आधारमा छनोट भइसकेकी छन्, जसले एसियाली पारा खेलकुदमा नेपालका लागि पदक जितेकी एक्ली खेलाडी हुन् ।

काठमाडौं । पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् ।

 बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।

रेनु हाल विश्व वरीयतामा २६औं तथा एसियाली वरीयतामा १३औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षक समेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा जनाएका छन् ।

२०८२ मंसिर २१ देखि २८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के– ४४ क्याटागोरीअन्तर्गन महिला ४७ केजीमुनि कास्य पदक जितेकी थिइन् ।

रेनुले मलेसियामा भएको १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२५ तथा मंगोलियामा भएको ११औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२६ मा सहभागिता जनाएकी थिइन् ।

रेनुसँगै कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का भएको छ । यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनौट भइसकेकी छन् ।

पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी थिइन् । 

एसियाली पारा खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नियमित भाग लिँदै आएको छ । एसियाली पारा खेलकुदमा पदक जित्ने पलेशा नेपालकी एक्लो खेलाडी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप