बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

८८४८ भोड्का अब नयाँ बोतलमा

आइतबार, १९ भदौ २०७९, १६ : २६
आइतबार, १९ भदौ २०७९

परिचित नेपाली बान्डको ८८४८ भोड्का अब नयाँ बोतलमा आएको छ । उत्पादक कम्पनी यती डिस्टिलरी प्रालिले ८८४८ को नयाँ प्रारुप राइ भोड्का कालो बोतलमा ल्याएको हो । हालैमात्र राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै कम्पनीले भोड्काको नयाँ रुप सार्वजनिक गरेको छ । 

कालो रंगको ८८४८ राइ भोड्काको आवरण डिजाइन चित्रकार छिरिङ शेर्पाले गरेका हुन् । यद्यपि, उक्त डिजाइनको बोतल सीमित संख्यामा मात्र उत्पादन भएको कम्पनीले जनाएको छ । पहिलो चरणमा ३० हजार बोटलब्ल्याक राइ भोड्का उत्पादन भएको कम्पनीले जानकारी दिएको छ । 

‘हिमालयको मनोभाव’ शीर्षकमा बनाइएको हिमालको चित्र ८८४८ भोड्काको कालो बोतलमा समेटिएको छ । यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले कलाकार शेर्पाको चित्रलाई समाजमा ल्याउनका लागि पनि सहकार्य गरिएको बताए । सन् १९६८ मा काठमाडौंमा जन्मेका शेर्पाका चित्रकला विश्वका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप