८८४८ भोड्का अब नयाँ बोतलमा
परिचित नेपाली बान्डको ८८४८ भोड्का अब नयाँ बोतलमा आएको छ । उत्पादक कम्पनी यती डिस्टिलरी प्रालिले ८८४८ को नयाँ प्रारुप राइ भोड्का कालो बोतलमा ल्याएको हो । हालैमात्र राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै कम्पनीले भोड्काको नयाँ रुप सार्वजनिक गरेको छ ।
कालो रंगको ८८४८ राइ भोड्काको आवरण डिजाइन चित्रकार छिरिङ शेर्पाले गरेका हुन् । यद्यपि, उक्त डिजाइनको बोतल सीमित संख्यामा मात्र उत्पादन भएको कम्पनीले जनाएको छ । पहिलो चरणमा ३० हजार बोटलब्ल्याक राइ भोड्का उत्पादन भएको कम्पनीले जानकारी दिएको छ ।
‘हिमालयको मनोभाव’ शीर्षकमा बनाइएको हिमालको चित्र ८८४८ भोड्काको कालो बोतलमा समेटिएको छ । यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले कलाकार शेर्पाको चित्रलाई समाजमा ल्याउनका लागि पनि सहकार्य गरिएको बताए । सन् १९६८ मा काठमाडौंमा जन्मेका शेर्पाका चित्रकला विश्वका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण