पूर्व मुख्यमन्त्री शाहीद्वारा नमुना बस्ती हस्तान्तरण
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गरेका छन् । आइतबार एक कार्यक्रमका बीच उनले बस्ती हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारको लगानीमा रास्कोट नगरपालिका–२ मा ५२ घर निर्माण भएका छन् भने वडा नं.–३ मा ५४ घर ७ मा ७४ वटा घरहरु निर्माण भएका छन् । घरहरु निर्माणमा कर्णाली सरकारको ५ करोड रकम खर्च भएको बताइएको छ ।
यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेला जनमुक्ति सेनालाई खाना खुवाउनेदेखि जीवन बचाउनेसम्म काम गरेको हुनाले आफुले यो बस्तीलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गरिएको पूर्व मुख्यमन्त्री शाहीले बताए ।
‘बस्ती निर्माण गरेर मात्रै सबै थोक पुग्दैन अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादनमूखी बनाउनेतर्m अग्रसर हुनुपर्छ,’ उनले भने, ‘अब नमुना पर्यटकीय गाउँको रुपमा निर्माण गरेर होमस्टे निर्माण गर्नुपर्ने योजना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण