शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी ए१३ लन्च

सोमबार, २० भदौ २०७९, १२ : २९
सोमबार, २० भदौ २०७९

सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए१३ लन्च गरेको छ। यो फोन ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको दाबी छ । क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेज जस्ता विशेषता फोनमा रहेको छ ।  क्वाड क्यामेराको माथिल्लो भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा छ, जसमा ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल डेप्थ र म्याक्रो सेन्सरहरू छन् । साथै अगाडि ८ मेगापिक्सेल सेन्सरहरू छन् । 

यो फोनमा भएको स्टोरेजको विकल्पहरूले सामान्य रूपमा डेटा र कन्टेन्टकोलाइ राम्रो ब्याकअप बनाउने कम्पनीको भनाइ छ ।  सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ए१३ हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ। यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त छ, जसले सामाजिक प्लेटफर्महरूमा सधैं आफ्नो र आफ्नो सीपको बारेमा अभिव्यक्ति दिन्छन्।’
२१ हजार ४९९ बाट सुरु हुने मूल्यमा सबै सुविधा भएकाले युवाहरूका लागि यो ठूलो प्रोत्साहन हुने कम्पनीको विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप