बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराउने

मङ्गलबार, २८ भदौ २०७९, ०७ : ३६
मङ्गलबार, २८ भदौ २०७९

नेपालले पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

पाकिस्तानमा विपद्मा परी मृत्यु हुने प्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप