कंगारुको आक्रमणबाट अस्ट्रेलियामा एक वृद्धको मृत्यु
कंगारुको हमलामा अस्ट्रेलियामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अष्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ ।
ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ । उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो ।
कंगारुलाई मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ । कंगारुको प्रजाति पहिचान नभए पनि पश्चिमी अस्ट्रेलियाको ‘ग्रेट साउर्दन’ क्षेत्रको भएको बताइएको छ ।२ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ । अष्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण