लिपुलेक क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु
नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।
त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।
फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्ममा इक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको प्रवक्ता अधिकारीले बताए । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । यो परियोजना चाइना कम सर्भिस इन्टरनेश्नल (सीसीएसआई) ले निर्माण गरेको हो । यो नेटवर्क निर्माण गर्नका लागि हेलिकप्टरमार्फत ३१ सय ६६ मिटरमा मेसिनरी ढुवानी गरिएको थियो ।
अब छाङरुमा रहेका करिव १२० घरधुरी र ७ सय जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या लाभान्वित हुन टेलिकमले जनाएको छ । योसँगै छाङरुको नजिकका क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ । नेपाल टेलिकमले सञ्चालन ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण