अन्तिम बयान दिँदै चोलेन्द्र शम्शेर, आज बेलुकासम्म प्रतिवेदन बुझाइने
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् ।
यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका राणाले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् ।
बयानमा हस्ताक्षरपछि उनीमाथि थप पुरक प्रश्न गर्ने तयारी रहेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले रातोपाटीलाई जानकारी दिए । उनले दिएको जवाफ समेत समावेश गरेर आजै प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाउने तयारी रहेको उनले बताए ।
राणामाथि लागेको अभियोगमाथि पूर्ण छानविन नहुँदै प्रतिनिधि सभाको कार्यकाल सकिन लागेको छ । समितिले हालसम्म भएका विवरण समेटेर अपूर्ण प्रतिवेदन बुझाउने भएको छ ।
यस्तै आज यो प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक बस्दैछ । बैठक मध्यान्ह १२ : ५० बजेका लागि बोलाइएको छ । राती १२ बजेदेखि प्रतिनिधि सभाको यो अधिवेशन सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण