आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफ इन्स्योरेन्सद्वारा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा

मङ्गलबार, ०४ असोज २०७९, १२ : ५४
मङ्गलबार, ०४ असोज २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहककाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सञ्चालन गरेको कम्पनीले जनाएको छ ।  यो सेवा सञ्चालन गर्नेमा कम्पनी नेपालकै एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । 

कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप