‘न्यूड सुपेरियर भोड्का’ बजारमा
‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौमा आयोजित एक फेसन विकअन्तर्गत प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।
‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको भनाइ छ । ‘राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ’, कम्पनीले भनेको छ ।
‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१ औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको पनि कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, ‘विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुची देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरूलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो ।’
सतप्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको कम्पनीले जनाएको छ ।
स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले भने, ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण