२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
आइतबार, १० साउन २०८३, २३ : १८
सारांश
- २४ घण्टामा देशभर ४१ विपद्का घटना भएको छ ।
- विपद्बाट ३७ जिल्ला प्रभावित, २३ लाखभन्दा बढीको क्षति भएको छ ।
- सर्पदंश, पहिरो, बाढी र वर्षाका कारण घटना बढेका छन् ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट ३७ जिल्ला प्रभावित भएका छन् । विपद्बाट कुल रु २३ लाख २३ हजार बराबरको क्षति भएको छ ।
विपद्मा परेर ३ जनाको निधन भएको छ भने १९ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् ।
विवरणअनुसार सर्पदंश १२, पहिरो ११, बाढी दुई, अविरल वर्षा चार, आगलागी छ र जनावर आक्रमणका दुई घटना भएका छन् । विपद्मा परेकालाई उद्धारका लागि कुल १७५ प्रहरी परिचालन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण