लेवान्डोस्कीको गोल वर्षा जारी, बार्सा शीर्ष स्थानमा
आइतबार, १६ असोज २०७९, ११ : २०
रोबर्ट लेवान्डोस्कीले आफ्नो गोल वर्षा जारी राख्दा बार्सिलोनाले मार्योकालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
शनिबार राति भएको खेलमा लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगका सात खेलमा लेवान्डोस्कीको यो नवौँ गोल थियो । यो सिजन सबै प्रतियोगिताका ९ खेलमा उनले बार्साका लागि १२ गोल गरिसकेका छन् । ७ खेलपछि बार्साको १९ अंक रहेको छ ।
शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार एट्लेटिको म्याड्रिडले सेभियालाई उसैको मैदानमा २–० ले हरायो । जीतसँगै एट्लेटिको लिगको पाँचौ स्थानमा उक्लिएको छ । भिल्लेरियालले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण