कतारको विश्वकप मेरो अन्तिम हुनेछ : मेस्सी
लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो ।
‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो,’ ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म विश्वकप आउने दिन गन्दै बसिरहेको छु । यहाँ उत्साह र चिन्ता दुवै छ । प्रतियोगिता कस्तो हुने हो ? कसरी अगाडि बढ्ने हो ?’
सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे यता उनले टोलीका लागि १६४ खेलमा ९० गोल गरेका छन् । पाँचौँ विश्वकपमा भाग लिँदै गर्दा उनले डिएगो म्याराडोना र ह्याभिएर मास्चेरानोको कीर्तिमानलाई उछिन्नेछन् ।
फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ । ‘विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छन् । प्रतियोगिता जित्ने भनिएका टोलीले सधैँ जित्दैनन्,’ मेस्सीले भने, ‘अर्जेन्टिना सधैँ विश्वकपको दाबेदार रहँदै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण