पहिरोले कपिलवस्तु–अर्घाखाँची सडक ठाउँठाउँमा अवरुद्ध
अविरल वर्षाको कारण अर्घाखाँचीको सन्धीखर्क–चन्द्रौटा सडकको ठाउँ ठाउँमा अवरोध सृजना भएको छ । यो सडक खण्डको विभिन्न स्थानमा पहिरो र सडक भत्किएको हो ।
सडक अवरोध भएपछि दशैंमा टीका थाप्न गएका र आएका मानिसहरु घर फर्किन पाएका छैनन् । पहिरोका कारण यातायातका साधनहरु नियमित संचालन हुन सकेका छैनन् भने ठाडा, नरपानी र फुदवाङ्गमा गाडीहरुलाई रोक लगाइएको छ । कपिलवस्तुको शितगंगा नगरपालिका ४ बरकोट, वेथरी जंगलमा पहिरो खस्दा सडकखण्ड केहीबेर अवरुद्ध भएको छ । सडक खुल्ने र बन्द हुने क्रम रोकिएको छैन ।
सन्धीखर्क नगरपालिका वडा नम्बर ६ जगता, वडा नम्बर ७ घुम्तीमा ठुलो पहिरो खस्दा अवरुद्ध सडक खण्ड खुलाउन डोजर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रवक्ता प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार अर्घाखाँचीका भित्री सडक खण्डमा समेत ठूला पहिरोहरु गएका छन् । जिल्लास्थित सुरक्षा निकायको सक्रियतामा सन्धिखर्क नगरपालिका र सडक विभागको समन्वयमा बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरो, सडक भत्किँदा सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकाका सयौं घरहरु जोखिममा परेका छन् । घरहरु जोखिममा परेपछि मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण