पाल्पामा खोलाले बगाएर एकजना बेपत्ता
शनिबार, २२ असोज २०७९, ०९ : ०३
खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् । निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बताएका छन् ।
उनको खोजीका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि शनिबार बिहानसम्म उनको अवस्था पत्ता नलागेको पाल्पा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण