बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्घाखाँचीमा भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

शनिबार, २२ असोज २०७९, १५ : २८
शनिबार, २२ असोज २०७९

एउटा मात्र निर्वाचन क्षत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।

भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको भुसालले बताएका छन् । 'भ्रष्टाचार र अनियमितताको विरुद्ध मेरो उम्मेदवारी हो,'[ भुसालले भने 'राजनीतिलाई पेशा बनाएर लुट तन्त्र मच्याउनेहरूलाई यो पटक जसरी पनि रोक्नुपर्छ ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप