बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुपन्देही–५ मा घिमिरेको टिकट खोसियो, भट्टराईले पाउने

आइतबार, २३ असोज २०७९, १५ : २६
आइतबार, २३ असोज २०७९

रुपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराई नै उम्मेदवार बन्ने भएका छन् ।  राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका भट्टराईलाई राजीनामा गराएर उनलाई टिकट दिने निर्णय भएको हो । 

 यसअघि यो क्षेत्रमा तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेलाई एमालेले टिकट दिएको थियो । तर, एमाले रुपन्देही जिल्ला सदस्य सन्दीप गुप्ताले अहिले भट्टराईले टिकट पाएको बताए ।  

यसअघि  खिमलालले रुपन्देही ५ बाट चुनाव लड्न लामो तयारी गरेका थिए । तर पाटीले घिमिरेलाई टिकट दिएपछि एमाले भित्र विवाद समेत भएको थियौ ।  सोही क्षेत्रबाट नेपाली काँग्रेसबाट भरत शाह उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप