बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमाले पाल्पामा तीव्र विवाद

आइतबार, २३ असोज २०७९, १५ : ५१
आइतबार, २३ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ ।

केही दिन अघि टिकट वितरणमा पारदर्शिता नभएको भन्दै एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य एकप्रसाद भण्डारीले राजीनामा दिएका थिए । त्यस लगत्तै शनिबार तानसेन नगरपालिका वडा नं. ८ को एमाले वडा कमिटीले नै राजीनामा गरेपछि एमालेभित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।  

पार्टीभित्र व्यक्तिवाद हावी भएको, योगदान र क्षमताको मूल्याङ्कन नगरेको भन्दै तानसेन ८ नं. वडा कमिटी र जनवर्गीय संगठनले समेत राजीनामा दिएको वडा कमिटीले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप