बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विष्णु पौडेलका प्रतिस्पर्धी राजु भन्छन्– रुपन्देहीको विकासका लागि काठमाडौंबाट फोन गरेर हुँदैन

आइतबार, २३ असोज २०७९, १७ : २०
आइतबार, २३ असोज २०७९

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङले रुपन्देहीको विकासका लागि  काठमाडौंबाट फोन गरेरमात्रै नहुने बताएका छन् ।

उनले बुटवललाई बदल्न आफूले उम्मेदवारी दिएको पनि बताए । उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रबाट एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक जितेका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभातर्फ रुपन्देही–२ मा राजु गुरुङ उम्मेदवार बन्दा प्रदेशसभाको २ (क) माओवादी केन्द्रका बामदेव क्षेत्री र २ (ख) मा कांग्रेसका दीर्घबहादुर केसीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप