बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाङ क्षेत्र नम्बर २ मा रेखा शर्मा र शंकर पोखरेलको उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १७ : २२
आइतबार, २३ असोज २०७९

प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माले उम्मेदवारी दिएकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ दाङ निर्वाचन क्षेत्र नं. २ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका उपसभापति राजुु खनालले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट नेकपा एमालेका बलिभद्र रानाले पनि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

दाङ क्षेत्र नम्बर २ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौैपानेले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट एमालेका गिरिराज केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुुसार हालसम्म दाङ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेपाली कांगे्रस (बी.पी.), मंगल नेशनल अर्गनाइजेशन, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी समेत गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप