बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाङ क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट दीपक गिरी र एमालेबाट कोमल वली उम्मेदवार

आइतबार, २३ असोज २०७९, १७ : २९
आइतबार, २३ असोज २०७९

प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार भएका छन् । सोही क्षेत्रबाट नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको पनि उम्मेदवारी परेको छ ।

गिरी दाङ क्षेत्र नम्बर ३ बाट एक पटक निर्वाचित भइसकेका छन् । नेकपा एमालेकी उम्मेदवार वली भने पहिलो पटक सो क्षेत्रबाट उम्मेदवार बनेकी हुन् ।

प्रदेशसभातर्फ दाङ निर्वाचन क्षेत्र नं. ३ (क) मा सत्ता गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशका सहरी विकास तथा पर्यटन मन्त्री डिल्ली चौधरीले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट एमालेका घनश्याम पाण्डेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै दाङ ३ (ख) मा सत्ता गठबन्धनबाट धनबहादुर मास्के र एमालेबाट हुकुम बस्नेतले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप