एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता
आइतबार, २३ असोज २०७९, २१ : १२
रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेकै टिकटबाट ३ बजेर ३० मिनेटमा वासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मिनेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुवै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।
घिमिरेले आफू आधिकारिक उम्मेदवार भएको भन्दै सूर्य चिह्नमा मत मागेका छन् भने भट्टराईले घिमिरेको टिकट खारेज गरेर पार्टीले आफूलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण