ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाल भित्रिँदै
एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न लागिएको कम्पनीको भनाई छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगेलियन ओमगा ग्रुप अफ विजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पाट्र्स निर्माणमा केन्द्रित छ । समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन–हाउस आरएन्डडी सुविधामा थ्री व्हिलर सवारी साधनहरू आकर्षक डिजाइनमा विकास गरेको हो ।

कार्गाे सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी भारतको नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनी सुरुवात भएको कम्पनीको वेबसाइटमा उल्लेख छ । इलेक्ट्रिक थ्री व्हिलरवाट आफ्नो यात्रा सुरु गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण