बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाङ ३ बाट अधिवक्ता मल्लको स्वतन्त्र उम्मेदवारी

सोमबार, २४ असोज २०७९, १४ : ३७
सोमबार, २४ असोज २०७९

अधिवक्ता हेमन्तबहादुर मल्लले दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामो समयसम्म अधिवक्ताका रुपमा काम गरेका मल्लले यसपटक प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

पञ्चायतकालदेखि नै प्रजातान्त्रिक विचारधाराका प्रवर्तक रहेका मल्ल बहुदलवादी नेताका रुपमा चिनिन्थे । अधिवक्ताका रुपमा वकालत सँगसँगै प्रजातान्त्रिक विचारधाराको स्वतन्त्र राजनीति गरेका मल्ल यसपटक निर्वाचनमा होमिएका हुन् । 

मल्लले ‘व्यक्तिगत स्वतन्त्रता, आर्थिक सम्पन्नता र गौरवमय क्रान्ति’ तथा जमिन र धितो सुरक्षा र सम्वर्द्धनलाई आफ्नो चुनावी एजेण्डा बनाउने बताएका छन् । संविधानले सबै पक्षलाई समेट्न नसकेको भन्दै नागरिकको चाहना अनुरूप संविधानलाई संशोधन गर्दै लैजानका लागि विशेष जोड दिने समेत मल्लले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप