रुपन्देही क्षेत्र नम्बर ५ मा घिमिरेलाई आधिकारिकता
सोमबार, २४ असोज २०७९, १५ : ४९
रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका दुई उम्मेदवारमध्ये बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । राष्ट्रिय सभाबाट राजीनामा दिएर उम्मेदवार बनेका खिमलाल भट्टराईले आधिकारिकता पाउन सकेनन् । घिमिरेले एमालेको पत्रबाट भट्टराईले भन्दा पहिला मनोनयन दर्ता गराएको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनैलाई मान्यता दिएको हो ।
एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रष्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए । निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका घिमिरेलाई आधिकारिकता प्रदान गरिएको उनको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण