राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा
पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार सय घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् ।
विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ । गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा वडा नं ४ का किसान भूमिसरा चलाउनेले बताए ।
धानको क्षति भएकाले यसवर्ष पनि आफूहरु बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताइन् । गतवर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो । मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यन्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । उनका अनुसार कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण