गुल्मीका एक बागीले उम्मेदवारी फिर्ता गरे
बुधबार, २६ असोज २०७९, १२ : १२
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि गुल्मीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उमेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । आर्यालले जिसीलाई पूर्ण समर्थन गरेर जिताउने अभियानमा लाग्ने बताएका छन् । अर्यालको उम्मेदवारी फिर्तापछि त्यस क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उमेदवार रामकुमारी झाँक्रीलाई समेत सहज हुने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण