रुपन्देहीमा घनश्याम समर्थक ३१ जनाले छाडे एमाले
केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल निकटका ३१ जना नेता कार्यकर्ताले एमाले छोडेका छन् । दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरुले एमाले परित्याग गरेका हुन् ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बुधबार एमाले छोडेर भुसाललाई साथ दिने घोषणा गरेका हुन् । प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले परित्याग गरी भुसाललाई सघाउन घोषणा गरेका हुन् ।
उनीहरुले भुसाल जस्तो बौद्धिक नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा टिकट नदिएर अपमान गरेको टिप्पणी गरे । ओलीको तानाशाह प्रवृतिले गर्दा एमाले बिस्तारै कमजोर बन्दै गएको उनीहरुले बताए ।
एमालेमा व्यक्तिवाद हाबी भएको भन्दै क्षेत्र नं. १ का ३१ जनाले एमालेबाट राजीनामा घोषणा गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण