जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा
करिब ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार इलामदेखि दार्चुलासम्म संकलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । “नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो”, उनले भने । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।
सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै संघका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए । यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उनले विश्वास व्यक्त गरे ।
व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब एक करोड बराबरको उत्पादन थन्किएको बताए । जडीबुटी व्यवसायी संघका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको संघले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।
नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी संघका पूर्वअध्यक्ष याकुब अन्सारीले बताए । निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने र व्यवसायीलाई समेत लाभ पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण