रोल्पामा माओवादी बागीले लिएनन् उम्मेदवारी फिर्ता
नेकपा माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा ‘ख’बाट बागी उम्मेदवारी दिएका दिपेन्द्र पुन‘ सिजल’ले फिर्ता लिन अस्वीकार गरेका छन् । रोल्पामा प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् । प्रदेश सभा ‘क’ बाट काँग्रेसका लुम्बिनी प्रदेशसभा अध्यक्ष अमरसिंह पुन र ‘ख’ बाट जोखबहादुर महराले उम्मेदवारी दिएका थिए ।
अमरसिंहका विरुद्ध दीपेन्द्रले बागी उम्मेदवारी दिएका थिए । माओवादीका दीपेन्द्रले उम्मेदवारी फिर्ता नलिएपछि अमरसिंह विरुद्ध बागी उम्मेदवार कायम हुने भएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बताए । पार्टी नीति विपरित बागी उम्मेदवार भएमा कारवाही हुने बताएको छ ।
यति हुँदाहुँदै पनि दीपेन्द्रले फिर्ता लिएका छैनन् । रोल्पाको प्रदेशसभा ‘ख’ कांग्रेसबाट अमरसिंह पुन, माओवादीबाट दीपेन्द्र पुन र एमालेबाट प्रेमबहादुर घर्तीबीच प्रतिस्पर्धा हुने भएको छ । दीपेन्द्र पुन यसअघि यहीँ क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । हाल माओवादी रोल्पा जिल्ला इन्चार्ज समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण