दोलखामा एमाले भर्सेस माओवादी, यी हुन् उम्मेदवार
दोलखामा नेकपा एमाले र सत्ता गठबन्धन समर्थित माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले दोलखामा बालकृष्ण शिवाकोटी र माओवादी केन्द्रले गंगा कार्कीलाई उम्मेदवार बनाएको हो ।
यस्तै जनता समाजवादी पार्टी, नेपालले दावा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय खड्का, नेपाल मजदुर किसान पार्टीले गोपाल बहादुर शिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले गोपाल नेपाली, हाम्रो नेपाली पार्टीले प्रकाशमान सिंह पाख्रीनलाई उम्मेदवार बनाएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले शुक्र तमाङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नवराज श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले खिमबहादुर शिवाकोटीलाई उम्मेदवार बनाउँदा मंगोल नेशनल अर्गनाइजेसनले कुमार तामाङ, नेपाली कांग्रेस (बी.पी.) ले लोकबहादुर खड्का, जनसमाजवादी पार्टी नेपालले जनार्दन पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीले जगदीश खरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी स्वतन्त्रबाट रामबहादुर सुवेदी, टंकबहादुर खाती, वीरबहादुर कार्की, यज्ञराज न्यौपाने, जीवनाथ शिवाकोटी, बद्री दाहाल र ठाकुरबहादुर बुढाथोकी उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण