‘राम राज्य रथ यात्रा’ लाई नेपालगञ्जमा भव्य स्वागत
राम राज्य रथ यात्रा बिहीबार नेपालगञ्जमा आइपुगेको छ । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुरु भएको रथ यात्रा भारत र नेपालका विभिन्न शहरहरुमा १५ हजार किलोमिटरको यात्रा गर्दै बिहीबार नेपालगञ्जमा आइपुगेको हो । विजय दशमीका दिन अयोध्याबाट प्रस्थान गरेको राम राज्य रथ भारतको २२ वटा राज्य र नेपालका ५ वटा प्रदेशहरू भएर पुनः अयोध्या पुगेर महायज्ञ गर्नेछ ।
नेपालगञ्जका लागि यात्रा संयोजन गरी रहेका हिन्दु अगुवा ललित रौनियार अनुसार नेपालगञ्जको गनापुर स्थित रहेको शनि मन्दिर धाममा पवित्र रथको स्वागत गरी मोटरसाइकल र्यालीका साथ नेपालगञ्ज नगर परिक्रमा गरेर भव्य स्वागत गरिएको हो । शिव सेना बाँकेको अगुवाईमा भएको रथ यात्राको भव्य स्वागत पश्चात पश्चित नेपाल कै प्रसिद्ध शक्तिपीठ बागेश्वरी पार्क स्थित सत्संग परिसरमा राति प्रवचन कार्यक्रम समेत गरिएको थियो ।
भारतको बैगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा विभिन्न स्थानको परिक्रमा गर्दै हिन्दु एकताको ध्रुवीकरण गर्ने बताइएको छ ।
नेपालगञ्ज हुँदै महाकाली गड्डाचौकीबाट अयोध्या पुगेर समापन हुने कार्याक्रम रहेकोमा बिहीबार मानिकापुरको कोठारपुरमा रहेको शनिदेव मन्दिरमा स्वागत गरिएको थियो । यो रथ यात्रा ६० दिनमा १५ हजार किलोमिटर तय गर्नेछ ।
नेपालगञ्ज शहरको परिक्रमा गर्दै हनुमन्त गौशाला प्राङ्गणमा राती विश्राम पछि शुक्रबार नेपालगञ्जबाट टीकापुर र त्यहाँबाट अत्तरिया हुँदै महेन्द्रनगर, गड्डाचौकी टनकपुर हुँदै भारतको उत्तराखण्ड प्रदेशमा प्रवेश गर्ने रुट तय गरीएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण