चार्टर्ड एकाउन्टेन्टलाई जिम्मेवार हुन निमित्त गभर्नर ढुंगानाको आग्रह
नेपाल राष्ट्र बैंकका निमित्त गभर्नर डा.निलम ढुंगानाले जिम्मेवार हुन चार्टर्ड एकाउन्टहरूलाई आग्रह गरेकी छिन् । शुक्रबार राजधानीमा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था एक्यानद्वारा आयोजित दीगो आर्थिक विषयक कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैकले विभिन्न निर्देशन, निर्देशिका तथा नीतिहरु जारी गरेर नियममा बाधिरहेता पनि लेखापरीक्षणको पाटोमा हुनसक्ने गलत कार्य लेखापरीक्षकले मात्र रोक्न सक्ने बताउँदै उनले चार्टर्ड एकाउन्टेन्ट जिम्मेवार हुनुपर्ने उनले बताइन् । उसो त बैक तथा वित्तीय संस्थाहरुको मात्र नभएर अन्य निजी कम्पनी, फर्म तथा संघसंस्थाको लेखा परीक्षण समेत जिम्मेवार भएर गरिदिन उनले आग्रह गरिन् ।
सोही अवसरमा ढुंगानाले दीगो आर्थिक विकासका मुद्दामा चार पाँच वटा परिघटनाहरुले चुनौती थपेको र यसलाई आर्थिक उत्पादन मार्फत क्रमशः कम गर्दै जानुपर्ने बताइन् । निमित्त गभर्नर ढुंगानाले भनिन्– ‘आन्तरिक तथा बाह्य कारण मात्र होइन यतिखेर कोभिडका कारण विश्व अर्थतन्त्रमा प्रभाव परिरहेको छ । थप रुस र युक्रेन जस्ता शक्ति राष्ट्रबीचको युद्धले विश्व उत्पादन र सोको आयात निर्यातको चेनमा परेको प्रभावले थप समस्या निम्तिरहेको छ ।
महंगीले विश्व बजार प्रभावित छ । यस्तो अवस्थामा दीगो आर्थिक विकासका लागि आयात कम र उत्पादन वृद्धिमा लाग्नुपर्छ । राष्ट्र बैकले यसलाई सपोर्ट गर्नेगरी आफ्नो नीतिहरु बनाइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण