शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘युक्रेन युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन’

शनिबार, २९ असोज २०७९, १६ : ५१
शनिबार, २९ असोज २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अहिलेका लागि युक्रेनमाथिका ठुला हवाई आक्रमणलाई थप जारी राख्ने योजना नरहेको’ बताएका छन्  । गत साता रुसले युक्रेनभरका कयौँ लक्षमा १०० भन्दा बढी लामो दुरीको मिसाइल प्रहार गरेको थियो । 

‘हामी युक्रेनलाई ध्वस्त पार्ने उद्देश्यमा हिँडिरहेका छैनौँ । यो कुरा निश्चित भए हुन्छ ,’ पुटिनले शुक्रबार कजाकिस्तानमा भएको पूर्व सोभियत संघका सदस्यहरूको एक संगठनको शिखर सम्मेलनको अन्त्यमा भने । 

पुटिनले त्यस अवसरमा उनले आह्वान गरेको तीन लाख रिजर्भ फोर्सको भर्तीको काम दुई हप्ताभित्र पुरा हुने बताए । अपेक्षित तीन लाख रिजर्भ फौजमध्ये दुई लाख बाइस हजार परिचालित भइसकेको र परिचालनको काम अन्तिम चरणमा पुगेको पुटिनले बताए । 

मध्ये एसिया तथा पूर्वी युरोपका मुलुक सदस्य रहेको ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’को शिखर सम्मेलनपछि बोल्दै पुटिनले करिब आठ महिनाअघि युक्रेनमा सेना पठाएकोमा आफूलाई पछुतो नभएको बताए । 

उक्त शिखर सम्मेलनपछि बोल्दै पुटिनले करिब आठ महिनाअघि युक्रेनमा सेना पठाएकोमा आफूलाई पछुतो नभएको बताए । 

‘आज जे भइरहेको छ, त्यो अप्रिय छ । तर यो कुरा केही पछि हुन्थ्यो नै । हामीसँग यो सबै थोरै पछि हुने थियो र त्यस समय हामीलाई झन् कमजोर अवस्थामा हुने थियौँ । त्यसैले मेरा काम सही र समयसापेक्ष छन् ,’ पुटिनले भने । 

पुटिनले रसिया शान्ति वार्ताका लागि तयार रहेको दाबी फेरि दोहोर्‍याउँदै वार्ताको प्रस्तावलाई कीभले अस्वीकार गरेको दोष लगाएका छन् । 

‘वार्तामा गम्भीर छौँ भन्ने कुरा हामीले अघिल्लो वसन्तमा इस्तानबुलमा केही सम्झौताहरूमा गरेर देखाएका छौँ ,’ पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सो वार्ताको मध्यस्थता गरेकोमा लागि धन्यवाद दिँदै भने । 

‘ त्यस बेला भएको (युक्रेनी बन्दरगाहबाट खाद्यान्न ढुवानीको लागि सुरक्षित मार्ग खुलाउने) सम्झौता भए लगतै कार्यान्वयन गरिए । तर जसै रुसी सेना कीभबाट फिर्ता भयो कीभका अधिकारीहरूमा वार्ताप्रतिको इच्छा हराएको छ,’ पुटिनले भने । पुटिनले वार्ताको लागि तयार भए पनि रुस र रुसले पछिल्लो समय जनमत सङ्ग्रह गराएर आफूमा गाभेको क्षेत्रमा हुने आक्रमणलाई  कडा जवाफ दिने वाचा पुन दोहोर्‍याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप