संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म
आइतबार, ३० असोज २०७९, ११ : २६
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।
अस्पतालले आफ्ना कार्य सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने सो बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण