मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइँदै (तस्बिरहरु)

आइतबार, ३० असोज २०७९, १२ : ०२
आइतबार, ३० असोज २०७९

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ । करिब १२ ३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिनेछ ।  
     
उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको  पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।  सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप