शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम' नारायण चौर नक्सालमा

सोमबार, ३१ असोज २०७९, २० : २१
सोमबार, ३१ असोज २०७९

बीवाइडीको एक मात्र आधिकारिक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौँको नारायण चौर नक्सालमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आज सोमबार भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। 

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो। नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । 

शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए। त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरीय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेको भन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिए। 

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, 'सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौँ । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएका छौँ । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।’

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए। बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप