बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
ढाका । बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ । संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो. असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए ।
उनले भने, “संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो। तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ सम्म बोलाउनुपर्छ ।” संसद् सचिवालयले शुक्रबार मिडियालाई पुष्टि गरेको छ कि सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधानअनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्न थालेका छन्।
सिन्ह्वासँग कुरा गर्दै राष्ट्रपतिको प्रेस सचिव मोहम्मद सरवार आलमले शहाबुद्दिनले गम्भीर बिरामी रहेको उल्लेख गर्दै सभामुखलाई राजीनामापत्र बुझाएको पुष्टि गरे । बङ्गलादेशको संविधानअनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।
प्रधानमन्त्री तारिक रहमानको बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) संसदमा बहुमत रहेकाले त्यसको उम्मेदवार नै बङ्गलादेशको अर्को राष्ट्रपति निर्वाचित हुने व्यापक रूपमा अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण