भारतीय नागरिकको फ्ल्याटबाट ४२ लाख बरामद, २ जना पक्राउ
बुधबार, ०२ कात्तिक २०७९, १७ : २१
राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई झण्डै ४२ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो ।
उनीहरुले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ४१ लाख ९६ हजार रुपैयाँ बरामद गर्नुका साथै तत्काल पक्राउ गरिएको प्रहरी उपउ कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पक्राउ परेका गोयर भारत हरियाणा प्रदेश घर भई ढल्कोमै बस्दै आएका थिए भने उमेश कपिलवस्तुको कृष्णनगर घर भइ ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण